गुराँस लाइफको हकप्रद निष्कासन स्थगित

काठमाडौं, ४ वैशाख । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शत प्रतिशत हकप्रद निष्कासन स्थगित भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको शत प्रतिशत हकप्रदको निष्कासन स्थगित गरेको हो । कम्पनीले फागुन २१ गतेसम्म कायम शेयरधनीहरुका लागि १ बराबर १ को अनुपातमा ९३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरको ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको थियो ।

कम्पनीको हकप्रद चैत २० गतेदेखि निष्कासन गरिने भनिएता पनि सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि लकडाउन गरेपछि कम्पनीको हकप्रद निष्कासन अर्को सूचना जारी नगरुन्जेलसम्म स्थगित गरिएको हो । कम्पनीले परिस्थिती सहज भएपछि पुनः अर्को सूचना प्रकाशित गरी हकप्रद निष्काशन गर्ने जानकारी दिएको छ ।

हाल कम्पनीको चुक्तापूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ । कम्पनीको विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *