बैंक अफ काठमाण्डुद्वारा ५ लाख सहयोग
वीरेन्द्रनगर, ५ वैशाख । कर्णाली प्रदेश सरकारद्वारा गठित प्रदेश विपद् व्यवस्थापन कोषमा बैंक अफ काठमाडौंले ५ लाख सहयोग गरेको छ । मंगलवार बैंकका सुर्खेत प्रमुख ज्ञानेन्द्र भण्डारीले कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई ५ लाखको चेक प्रदान गरेका छन् । उनले कोरोना भाइरसको विपद्बाट बचाउनका लागि प्रदेश सरकारले स्थापना गरेको कोषमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश कोषमा सहयोग रकम हस्तान्तरण गरेको बताए । बैंकका सुर्खेत प्रमुख भण्डारीले बैंकको केन्द्रीय सरकारको कोरोना उपचार कोषमा १ करोड र प्रदेश सरकारको कोषमा ४ लाख रुपैयाँ सहयोग गरिएको जानकारी दिए ।