Date

बिहि, बैशाख २०, २०८१
Thu, May 2, 2024

कोरोना भाइरस संक्रमण रोकथामका लागि एनआईसी एशिया बैंकद्वारा १ करोड ५ लाख सहयोग

कोरोना भाइरस संक्रमण रोकथामका लागि एनआईसी एशिया बैंकद्वारा १ करोड ५ लाख सहयोग

काठमाडौं, ५ वैशाख । एनआईसी एशिया बैंकले कोरोना भाइरस संक्रमण रोकथामका लागि ७ वटै प्रदेश सरकारलाई १ करोड ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले सातै प्रदेश सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५/१५ लाख रुपैयाँका दरले रकम जम्मा गरेको हो ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत लकडाउनका बेला विभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई देशका प्रादेशिक तथा स्थानीय सरकार लगायतसँगको सहकार्यमा ४५ लाख ६८ हजार बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरू यसअघि वितरण गरिसकेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । यसरी वितरण गरिएको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न समस्या भएका मजदुरी गर्नेहरूका परिवारलाई केहि राहत मिलेको थियो ।

हाल बैंकले ३ सय १९ शाखा कार्यालय, ४ सय ६१ एटीएम, १ सय ८ वटा एक्स्टेन्सन काउण्टर र ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x