Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं, ५ वैशाख । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च मूल्यमा पुगेको छ । शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार १ डलर वराबर नेपाली १ सय २३ रुपैयाँ २८ पैसा पुगेको हो । कोरोनाको प्रभाव विश्वभरी बढेको र डलरको माग बढ्न थालेपछि नेपाली रुपैयाँ सर्वाधिक कमजोर भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार डलरको भाउ १२२.६१ रुपैयाँ पुगेको थियो । तर , शुक्रबार ६७ पैसाले थप डलरको भाउ बढेर हालसम्मकै उच्च रेकर्ड कायम गर्न सफल भएको हो । त्यस्तै राष्ट्र बैंकले आज १ युरोपिएन यूरो बराबर १ सय ३४ रुपैयाँ ०.६ पैसा, १ युके पौण्ड स्टलिङ बराबर १ सय ५३ रुपैयाँ ८८ पैसा र १ स्वीस फ्रान्स बराबर १ सय २७ रुपैयाँ ४९ पैसा कायम गरेको छ ।

त्यसैगरी कुवेत र ब्रहाइनको पनि भाउ मूल्य उच्च छ । १ कुवेति दिनार बराबर ३ सय ९९ रुपैयाँ ०४ पैसा र १ ब्रहाईन दिनार बराबर २ सय २६ रुपैयाँ ४५ पैसा कायम भरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x