Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

यसरी अर्थतन्त्र पुनःस्थापनामा जुटे अर्थमन्त्री

यसरी अर्थतन्त्र पुनःस्थापनामा जुटे अर्थमन्त्री

काठमाडौं, ५ वैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्र चाँडै उठ्ने आशा गरेका छन् । कोरोना संक्रमण उच्च तहमा पुगेर गिरावट आउने समय अप्रिल देखि जुन सम्मलाई मानिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतका संस्थाले पनि यो समय विश्व अर्थतन्त्रमा तीव्र गिरावट आउने उल्लेख गरेको छ । त्यसपछि आर्थिक गतिविधि क्रमशः पुनःखुला हुँदै जान्छन् ।
अर्थमन्त्री खतिवडाको अवलोकलनमा कोरोनाको प्रभाव यस्तो छ ।
१) कोरोनाले अर्थतन्त्रका बहुविधमा असर पारेको छ । ग्रामीण कृषि अर्थतन्त्रबाट हुने आपूर्तिदेखि पर्यटन, सार्वजनिक यातायात, सेवा व्यापार, वस्तु व्यापारलाई यसले नराम्ररी असर पारेको छ । प्रारम्भिक अनुमान अनुसार, चैतसम्म २०० अर्ब रुपैयाँको क्षति आँकलन गरिएको छ । यिनीहरुको आपूर्ति व्यवस्थालाई सुचारु गर्ने । उत्पादन, आपूर्ति र माग बढाउने ।
२) अर्थमन्त्रीका अनुसार शिक्षा, स्वास्थ्य जस्त समाजिक क्षेत्रबाहेक सबैतिर वृद्धिदर कमजोर हुन्छ । संकट लम्बिदाँ अझै ह्रास आउँछ । तर त्यसलाई कोरोनापछि चाँडै पुनःस्थापित गर्न सकिन्छ ।
३) पर्यटक आएनन् यसले केही घाटा भयो । बाह्य पर्यटक आएनन् । नेपालीहरु पनि बाहिर आउने जाने भएको छैन । विदेशी मुद्रा आएन त्यो अलग कुरा तर नेपालको खर्च पनि भएको छैन । आयात कम भएकाले विदेशी मुद्रा केही भएपनि जोगिएको छ । अर्थमन्त्रीका अनुसार, सबै ध्वस्त भएको भनेर चित्रित गर्न मिल्दैन । उच्च तहको सन्तुलन (हाइ लेभल अफ इकयुलिब्रियम) बाट तल्लो तहको सन्तुलनमा मुलुक छ नै ।
४) रेमिट्यान्स घट्ने सत्य हो । तर आयात पनि कम भएको छ । अर्कोतर्फ वैदेशिक सहायता परिचालन गरी घटेको रेमिट्यान्स बराबरको लगानी पूर्ति गर्न सकिन्छ । रेमिट्यान्स घट्दा बैंकमा तरलता घट्न सक्ने भएकाले अन्तर्राष्ट्रिय वित्त निगम, सीडीसी युके जस्ता संस्थाबाट ऋण लिएर स्रोत परिचालन गर्ने बाटो मुलुकका लागि खुला छ ।
५) चाँडो पुनःस्थापना हुने कृषि, निर्माण, औद्योगिक उत्पादन र आन्तरिक पर्यटनलाई बढावा दिने र व्यापक रोजगारी सिर्जना गर्ने
६) तरलता अभाव हुन नदिन सरकारले खर्च बढाउने । स्थानीय तहको खर्च नभएको बजेट वाणिज्य बैंकहरुमा तरलताका रुपमा उपलब्ध गराउने ।
७) बजेटमार्फत् कोरोना प्रभावित क्षेत्रलाई सम्बोधन गर्ने, ऋणको साँवा ब्याज तिर्ने अवधि राष्ट्र बैंकसँगको छलफल गरी केही लम्ब्याउने ।
८) कोरोनाले बिगारेको लगानीको वातावरण निजी क्षेत्रसँगको हातेमालोमा सुधार गर्ने, निजी क्षेत्रलाई उत्पादन र लगानी बढाउन आह्वान गर्ने ।
९) बैंकहरुलाई निक्षेपकै ब्याज अनुसार कर्जाको ब्याज सन्तुलन मिलाउन आग्रह गर्ने । निक्षेपमा ब्याज कम भएर निक्षेप परिचालन हुने अवस्था आउन नदिने । कर्जा सस्तो बनाउने । यसका लागि उनले उनले बैंकहरुलाई नाफामुखी मात्र नभइ उद्यम, व्यवसाय टिकाउनेतर्फ सोच्न आग्रह गरिसकेका छन् ।
१०) संक्रमणको जोखिम कम हुने बित्तिकै आर्थिक गतिविधि बढाउन बन्दाबन्दी खुकुलो बनाउने र निर्माण आदि काम शुरु गर्ने ।
११) बहुपक्षीय दातृ संस्थासँग कोभिड–१९ का असरसँग सम्बन्धित अत्यावश्यक क्षेत्रमा सकेसम्म सहयोग लिने ।
१२) वित्तिय स्रोत कमजोर भएको परिप्रेक्ष्यमा दातृ निकायको ऋण भुक्तानीको समयावधि लम्ब्याउन र ऋण माफी दिन आग्रह गर्ने ।

१३) यथासम्भव सार्वजनिक वित्त, मौद्रिक उपाय, अन्तर्राष्ट्रिय लगानीको उपयोग गर्ने ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x