Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री लिएर आइपुगे दुई वाइडबडी जहाज

ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री लिएर आइपुगे दुई वाइडबडी जहाज

काठमाडौं, ५ वैशाख । चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए–३३० जहाज काठमाडौँ आइपुगेका छन् । व्यवसायीले चार्टर्ड गरेका निगमका दुवै जहाज स्वास्थ्य सामग्री लिन बिहीवार राति ग्वाङ्जाओ उडेका थिए । दुवै जहाज आज (शुक्रवार) बिहान ७ बजे र सवा ७ बजेको फरकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलले बताएको छ ।
चीनबाट स्वास्थ्य सामग्री ल्याउन दुई व्यावसायिक समूहले निगमका जहाज चार्टर्ड गरेका थिए । निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x