Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

निर्माण व्यवसायी महासंघ श्रमिकको डाटा संकलन गर्दै, खानाको समस्या भएका श्रमिकलाई व्यवस्था गरिदिने

निर्माण व्यवसायी महासंघ श्रमिकको डाटा संकलन गर्दै, खानाको समस्या भएका श्रमिकलाई व्यवस्था गरिदिने

काठमाडौं, ५ वैशाख । नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना माताहातका उपत्यका भित्र निर्माण कार्यमा काम गरिरहेका निर्माण कम्पनीमा आवद्ध मजदुरहरुको समस्यालाई सम्वोधन गर्ने भएको छ । सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका मजदुरहरुका समस्या पहिचान गरी आवश्यक सम्बोधन गर्ने भएको हो । महासंघले शुक्रबार एक सूचना जारी गर्दै उपत्यका भित्र निर्माण कार्यमा संलग्न मजदुरको तथ्यांक पठाउँन निर्माण कम्पनीहरुलाई भनेको छ ।

लकडाउनको कारणले परेको असरको व्यवस्थापन गर्नका लागि श्रमिकको तथ्यांक आवश्यक भएको हुँदा त्यसलाई पहिचान गरी उपत्यकामा बसेका श्रमिकहरुको तथ्यांक फोन वा भाइवर मार्फत् टिपाउँन सबै निर्माण कम्पनीलाई निर्देशन दिइएको महासंघका अध्यक्ष रवि सिंहले बताए । निर्माण क्षेत्रमा काम गर्ने श्रमिकले खाना खान भपाएको भन्ने खबर आएको र त्यस्तालाई लकडाउन अवधि भरी कम्पनीले खानाको व्यवस्थापन गर्नका लागि तथ्यांक संकलन गरी अगाडि बढ्ने उनले जानकारी दिए । कतिपय श्रमिकलाई घर जाने चाहाना भएको र त्यस्तालाई के गर्ने भन्ने विषयमा पनि सरकारसँग छलफल हुने उनको भनाई छ ।

महासंघले उपत्यका भित्रका श्रमिकको संख्या र अवस्था सहितको विवरण आज शुक्रबार (आज) नै अध्यक्ष, महासचिव र कार्यालय प्रमुखको मोवाइलमा फोन गरी टिपाउन अनुरोध गरेको छ ।
महासंघले सम्पर्कका लागि अध्यक्ष रवि सिंहको मो.नं. ९८५१०३६०१४ महासचिव रोशन दाहालको मो.नं. ९८५११२४५८३ र कार्यालय प्रमुख प्रेम सिंह ऐरको मो.नं. ९८४१२६३५३९ उपलब्ध गराएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x