Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

निर्माण व्यवसायी संघ, कैलालीद्वारा आर्थिक एवं स्वास्थ्य सामग्री सहयोग

निर्माण व्यवसायी संघ, कैलालीद्वारा आर्थिक एवं स्वास्थ्य सामग्री सहयोग

धनगढी, ७ वैशाख । निर्माण व्यवसायी संघ कैलालीले धनगढी उपमहानगरपालिकालाई १ लाख १५ हजार रुपैयाँ र ८ हजार थान मास्क सहयोग गरेको छ । धनगढी उपमहानगरपालिकाका क्षेत्रका विपन्न वर्गलाई सहयोग होस् भन्ने उद्देश्यले आइतवार धनगढी उपमहानगरपालिकालाई उक्त रकम बराबरको चेक र मास्क हस्तान्तरण गरिएको हो ।
विश्वव्यापी महामारीको रूप लिएको कोरोना (कोभिड १९) रोगका कारण विपन्न, गरिव तथा निमुखाहरूमा पर्न गएको आर्थिक संकटमा राहत होस भन्नका लागि निर्माण व्यवसायी संघ कैलालीका तर्फबाट संघका अध्यक्ष यज्ञराज उपाध्याय लगायतका पदाधिकारीले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपवहादुर वडलाई सहयोग हस्तान्तरण गरेको निर्माण व्यवसायी संघ कैलालीका कोषाध्यक्ष दीर्घ जोशीले जानकारी दिए । निर्माण व्यवसायी संघले विभिन्न सामाजिक कार्यहरुमा विगत लामो समयदेखि सहयोग गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x