Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

कोरोना भाइरस बीमा लेख आजदेखि जारी

कोरोना भाइरस बीमा लेख आजदेखि जारी

काठमाडौं, ७ बैशाख । विश्वभर फैलिएको कोरोना संक्रमणले निम्त्याउन सक्ने आर्थिक जोखिमलाई लक्ष्ति गर्दै बीमालेख जारी गरिएको छ। बीमा समितिको निर्देशन अनुरुप निर्जीबन बीमा कम्पनीहरुको बीमा पुल मार्फत ‘कोरोना भाइरस बीमा लेख’ जारी गरिएको हो ।

आज बीमा समितिमा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले पहिलो बीमा पोलिसी खरिद गरे । नेपालमा यो भाइरस अझै फैलन सक्ने सम्भावनालाई मध्यनजर गरि बीमा लेख जारी गरिएको उनले बताए ।

उक्त बीमा लेखमा हाल विद्यमान रहेको घातक रोग सरहको बीमालेख अनुसार हुने गरी गर्ने व्यवस्था गरेको छ । उक्त बीमा अन्तर्गत क र ख बीमाङ्क कायम रिएको छ। जसअन्तर्गत ५० हजार र १ लाख रुपैयाँ सम्मको बीमाङ्क राखेर व्यक्तिगत र पारिवारको बीमा गर्न सकिने अध्यक्ष चापागाईंले जानकारी दिए ।

समितिका अनुसार दाबीको लागि बीमा सुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहने छ । दाबी भुक्तानीका लागि कोरोना भाइरस पुष्टि हुने पीसीआर टेस्ट पोजेटिभ हुनुपर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x