Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सञ्चालनमा नआएका ५० ग्यास उद्योगको अनुमति खारेज

सञ्चालनमा नआएका ५० ग्यास उद्योगको अनुमति खारेज

काठमाडौं, ७ वैशाख । नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालन गर्न अनुमति लिएर सञ्चालनमा नआएका ५० उद्योगको अनुमति खारेज गरेको छ । ग्यास उद्योग निर्माण गरी सञ्चालन गर्न अनुमति लिने तर उद्योग निर्माण नगर्ने, अनुमतिपत्र खरीद विक्री गर्ने प्रवृत्तिको अन्त्य गर्न निगमले ती उद्योगको अनुमति खारेज गरेको हो ।
उद्योग विभागमा ग्यास उद्योग दर्ताका लागि निवेदन दिने र उद्योग विभागबाट निगमसँग राय प्रतिक्रिया माग गरेपश्चात सम्पर्कविहीन हुने परिपाटी बढेसँगै एलपी ग्यास उद्योग संघको व्यवस्थापनमा समस्या देखिएपछि ती उद्योगको अनुमति खारेज गरिएको निगमले बताएको छ । यसबीचमा कुल ५३ उद्योगले एलपी ग्यास विक्री गर्न अनुमति मागेका थिए ।
निगमले अनुमति पाएको उद्योगलाई तत्काल सञ्चालनमा आउन तीनपटक सूचित गराएको थियो । पटकपटक सूचित गराउँदा पनि ती उद्योग सम्पर्कमा नआएको निगमले बताएको छ । निगमबाट उद्योग सञ्चालनका लागि सैद्धान्तिक सहमति लिएका तर सञ्चालनमा नआएका केही उद्योग यसअघि नै खारेजीमा परिसकेका छन् । खारेजी गरिएकामा केही शाखा उद्योग पनि रहेको उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x