Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

प्रदेश २ सरकारद्वारा दोस्रो चरणको राहत प्याकेज घोषणा

प्रदेश २ सरकारद्वारा दोस्रो चरणको राहत प्याकेज घोषणा

जनकपुर, ७ वैशाख ।  कोराना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका गरीब तथा दैनिक ज्यालादारीका मजदूरहरूका लागि प्रदेश २ सरकारले दोस्रो चरणको राहत प्याकेजको घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को आइतवार सम्पन्न  बैठकले  लक्षित परिवारको घरमा सोझै राहत पु¥याउने गरी दोस्रो चरणको राहत प्याकेजको घोषणा गरेको हो । 
पहिलो चरणमा प्रदेश सरकारले स्थानीय तहमार्फत राहत वितरणको कार्यक्रम ल्याए पनि कतिपय स्थानीय तहले राहत वितरण गर्न नसकेको जनगुनासोलाई ध्यानमा राखेर प्रदेश सरकारले पीडित परिवारलाई वडा कार्यालयको समन्वयमा सोझै घरमै राहत पु¥याउने योजना ल्याएको छ । 

स्थानीय तहहरूले प्रदेश सरकारलाई बुझाएको पीडित परिवारहरूको विवरणको आधारमा प्रदेश सरकारले जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमार्फत राहत सामग्री खरीद गरी प्याकेट तयार गरेरै सूचीसहित वडालाई जिम्मा लगाउने र वडाले प्याकेट प्राप्त गरेको २४ घण्टाभित्र सम्बन्धित परिवारको जिम्मा लगाउने प्रावधान राखिएको छ ।

 स्थानीय तहले बुझाएको विवरणमा कुनै समस्या देखिए जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेश सभा सदस्यहरूले छानबिन गरी वास्तविक पीडितको पहिचान गरिने व्यवस्था समेत गरिएको छ । त्यसैगरी मन्त्रिपरिषद्को बैठकले कोरोना महामारी नियन्त्रणको लागि आवश्यक उपकरण खरीद ६८ करोड रुपैयाँ निकासा गरेको छ । उक्त रकमले थप पीसीआर मेशिनसहितका अन्य उपकरण खरीद गरिने बताइएको छ । यस्तै नारायणी उपक्षेत्रीय अस्पताललाई कोरोनाका बिरामीका उपचारका लागि आवश्यक व्यवस्था गर्न ५० लाख रुपैयाँ दिने निर्णय समेत गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x