Date

सोम, पुस २९, २०८१
Mon, January 13, 2025

कोरोनाबाट विश्वभर १ लाख ९७ हजारभन्दा बढीको मृत्यु

कोरोनाबाट विश्वभर १ लाख ९७ हजारभन्दा बढीको मृत्यु

जेनभा, १३ वैशाख । विश्वभर फैलिएको कोरोना भाइरस महामारीबाट विश्वभर १ लाख ९७ हजारभन्दा बढीको मृत्यु भएको छ भने २८ लाख ३३ हजार व्यक्ति संक्रमित भएका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार शनिवार मध्याह्न सम्ममा संयुक्तराज्य अमेरिकामा विगत २४ घण्टाको अवधिमा १ हजार ९५९ जनाको मृत्यु भएको छ । यो सहित अमेरिकामा सबैभन्दा बढी ५२ हजार २१७ जनाको मृत्यु भएको छ ।
युरोपेली मुलुकहरूमध्ये इटालीमा २५ हजार ९६९, स्पेनमा २२ हजार ५२४, फ्रान्समा २२ हजार २४५, बेलायतमा १९ हजार ५०६, बेल्जियममा ६ हजार ६७९, जर्मनीमा ५ हजार ७६० जना, नेदरल्यान्ड्समा ४ हजार २८९ जना, स्वीडेनमा २ हजार १५२, स्वीट्जरल्यान्डमा १ हजार ५८९ र रसियामा ६१५ जनाको मृत्यु भएको छ ।
यसैगरी, इरानमा ५ हजार ५७४ जना, चीनमा ४ हजार ६३२ जना, ब्राजिलमा ३ हजार ७०४ जना, मेक्सिकोमा १ हजार २२१ जना, भारतमा ७७५, इन्डोनेसियामा ६८९ जना, इक्वेडरमा ५७६ जनाको मृत्यु भएको छ । एजेन्सी

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x