Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

११ वर्षमा तरकारी आयात १२ गुणा बढ्यो, वार्षिक रू. १५ अर्बको आयात

११ वर्षमा तरकारी आयात १२ गुणा बढ्यो, वार्षिक रू. १५ अर्बको आयात

काठमाडौं, १९ वैशाख । देशमा खेतीयोग्य जमीन बाँझिने, जथाभावी जग्गा प्लटिङ, अवैज्ञानिक ढंगले घरभवन निर्माण, कृषक लक्षित उपयुक्त कार्यक्रमको अभावजस्ता कारणले कृषिउपजको उत्पादन वर्षेनि घटेको छ । तर माग आपूर्तिका लागि बाहिर (विशेषगरी भारत)बाट हुने आयात भने बढ्दै गएको छ । विभिन्न सरकारी तथ्यांकहरूले नेपालमा खाद्यान्नका साथै तरकारीको आयात वर्षेनि बढेको देखाउँछ ।
यस्तैमा उत्पादनको उपयुक्त रणनीति नबन्दा विगत ११ वर्षमा मुुलुकमा तरकारीको आयातको मूल्यमा ११ गुणा वृद्धि बढेर आव २०१८-१९ मा रू. १५ अर्ब १३ करोड पुगेको पाइएको छ । जब कि आर्थिक वर्ष २००८-०९ मा नेपालमा तरकारीको आयात रू. १ अर्ब २९ करोडको हाराहारीमा रहेको व्यापार निकासी तथा प्रवद्र्धन केन्द्र र भन्सार विभागको तथ्यांकमा उल्लेख छ । परिमाणमा हेर्दा पनि यस अवधिमा करिब ५ गुणा वृद्धि भएको छ । यी तथ्यांकले आयातित तरकारी दिनप्रतिदिन महँगो हुँदै गएको र नेपाल यस उत्पादनमा परनिर्भर हुँदै गएको देखाएको छ ।
अव्यवस्थित र अवैज्ञानिक ढंगले बस्तीको विकास, तीव्र शहरीकरण, जागिरमुखी प्रवृत्तिका साथै मल, बिउ, सिँचाइको समस्या, कृषि अनुदान अपारदर्शी वितरण, कृषि बजेट कार्यान्वयन अभाव, युवालाई तरकारीखेतीमा प्रेरित गर्ने कार्यक्रम नहुनु जस्ता कारणले तरकारीको उत्पादनमा आएको विज्ञहरूको बुझाइ छ । कोरोना संकटका कारण देशका शहरी क्षेत्र तथा विदेशबाट आएका एवं अब आउने ठूलो जनशक्तिलाई कृषि र विशेषगरी तरकारी उत्पादन कार्यक्रममा सहभागी गराउनुपर्छ । यसका लागि सरकारले आगामी बजेटमार्फत प्रोत्साहन र अनुदानका कार्यक्रम ल्याउन सके तरकारीको वार्षिक १५ अर्बको आयात सजिलै प्रतिस्थापन गर्न सकिने देखिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x