Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

तारे होटलहरु असोजसम्म बन्द

काठमाडौं, २२ वैशाख । होटल संघ नेपालले सबै ठूला होटलहरु असोजसम्म बन्द गर्ने निर्णय गरेको छ । पर्यटक आवागमन नहुने र सभा सम्मेलन पनि केही समय प्रतिबन्धित नै हुने भएपछि होटल संघ नेपालले होटलहरु बन्द गर्ने निर्णय गरेको हो ।
बन्द भएको अवधिमा होटलहरुले कामदारलाई १२.५ प्रतिशत मात्र तलब दिने भएका छन् । यो अवधिको सेवा शुल्क भने मौज्दातबाट कट्टा गरेर दिइने भएको छ । आगामी अक्टोबर महिनामा चीनियाँ पर्यटक आगमको सम्भावना र नेपाल र चीनमा संक्रमणको अवस्था हेरेर मात्र होटल खुला गरिने बताइएको छ ।
चीनले कोरोना भाइरस संक्रमण नियन्त्रणमा लिएकोले नेपालमा अवस्था खराब नभएमा अक्टुबर महिनादेखि होटलहरु सञ्चालनमा आउन सक्ने होटल संघ नेपालकी अध्यक्ष श्रृजना राणाले बताइन् ।
होटलहरुका लागि अहिले सबैभन्दा खराब छ । केन्द्रीय तथ्यांक विभागले होटल क्षेत्रको आय १६ प्रतिशतले खुम्चने प्रक्षेपण गरेको छ । यस वर्ष फागुनसम्म व्यवसाय गरिरहेका होटलहरु चार महिनामै सबै आम्दानी गुमाएर पनि १६ प्रतिशत सम्म थप संकुचनमा आउनेछन् । अर्थात्, सञ्चित नाफाबाट चल्नुपर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x