Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लकडाउन अवधिमा पौने ३ अर्बको औषधि आयात

लकडाउन अवधिमा पौने ३ अर्बको औषधि आयात

काठमाडौं, २३ वैशाख । लकडाउन शुरू भएयताको ४० दिनमा नेपालमा करीब रू. पौने ३ अर्ब बराबरको तयारी औषधि आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकानुसार लकडाउनपछि हालसम्म रू. १ अर्ब ६९ करोड ५४ लाख ४८ हजार बराबरको तयारी औषधि र रू. ३४ करोड १९ लाख ७८ हजार बराबरको औषधिको कच्चापदार्थ आयात भएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार १ लाख २३ हजार ६२७ मेट्रिक टन खाद्यान्न, ३५ हजार १३१ मेट्रिक टन दलहन, ५२ हजार ४७९ मेट्रिक टन तरकारी, १६ हजार ८६२ मेट्रिक टन फलफूल र ११ हजार ५९ मेट्रिक टन दुग्धजन्य पदार्थको आयात भएको राससमा उल्लेख छ ।
लकडाउनपछि खाद्य पदार्थको आयात बढेको छ । पहिलो हप्ताको तुलनामा पाँचौं हप्तामा खाद्यान्नमा एक सय ३६ प्रतिशत र दलहन तथा गेडागुडीको आयातमा ८५ प्रतिशतले वृद्धि भएको छ । यसैगरी तरकारी र फलफूलको आयात क्रमशः ३९ र ३१६ प्रतिशतले वृद्धि भएको छ । यही अवधिमा औषधिको कच्चा पदार्थको आयात ११८ र तयारी औषधिमा ५१ प्रतिशतले वृद्धि भएको छ ।
भारतको पश्चिम बंगाल सरकारले आफ्ना सबै नाका बन्द गरेका कारण गत चैत २७ गतेपछि झापाको काँकडभिट्टा नाकाबाट सामान आयातनिर्यात ठप्प भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x