नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुग्यो
काठमाडौं, २३ वैशाख । नेपालमा हालसम्म कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ८२ पुगेको छ । भेरी अस्पताल, नेपालगंजको प्रयोगशालामा भएको परिक्षणअनुसार थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कोभिड १९ संक्रममितको संख्या ८२ पुगेको हो ।
आज कोरोना भाइरसको संक्रमण पष्टि हुनेमा नेपालगंज–८ निवासी २२, ३० र ४० वर्षका पुरुषहरु छन् भने ९, ३२, ३४ र ५५ वर्षका महिलाहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएको र अहिले स्वास्थ्यकर्मीको निगरानीमा भएको मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमण देखिएका ८२ जनामध्ये १६ जना निको भइसकेका छन् ।