कामना सेवाको कोरोना सुरक्षा बचत खाता सञ्चालनमा
काठमाडौं, २३ वैशाख । कामना सेवा विकास बैंकले ग्राहकलाई कोरोना उपचार खर्चमा सहयोग गर्न बीमा सुविधासहितको कोरोना सुरक्षा बचत खाता सञ्चालनमा ल्याएको छ । नेको इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा खोलिने यो खाताको न्यूनतम मौज्दात रकम ५ हजार रुपैयाँ रहने बैंकले जनाएको छ ।
यो खाता खोलेका ग्राहकलाई कोरोना संक्रमण भएको कुरा पि.सि.आर टेष्टद्वारा पुष्टि भएमा ५० हजार रुपैयाँको बीमा रकम प्रदान गरिने बैंकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । कामना सेवाको वेबसाईटमा गई अनलाइनबाट पनि यो खाता सजिलै खोल्न सकिने जनाइएको छ ।
हाल बैंकले १ सय २३ वटा शाखा कार्यालय तथा ६४ वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।