Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पुनकर्जा कोषबाट एउटा ऋणीको सीमा १० करोड

पुनकर्जा कोषबाट एउटा ऋणीको सीमा १० करोड

काठमाडौं, २४ वैशाख । नेपाल राष्ट्र बैंकले पुनकर्जा कोषबाट ऋणीले पाउने ऋणको थ्रेसहोल्ड घटाएको छ । यसअघि कोषबाट सहुलियत ब्याजदरमा एक जना ऋणीले ५० करोडसम्म ऋण पाउने व्यवस्था भएपनि अब उच्चतम सीमा १० करोड रुपैयाँ मात्र दिने तयारी रहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।

कोरोना भाइरस महामारीपछि धेरै व्यवसायले सहुलियत पाउन् भन्ने उद्देश्यले पुनकर्जा कोषको आकार ५० अर्बबाट ६० अर्ब रुपैयाँ पु¥याइएको छ । अर्थ मन्त्रालयले छिट्टै यसलाई १०० अर्ब रुपैयाँ पु¥याउने बताएको छ । ‘अहिले धेरै भन्दा धेरै व्यवसायलाई सहुलियत ऋणको आवश्यकता छ,’ गभर्नरले भने, ‘थ्रेसहोल्ड घटाएर धेरैलाई यसको लाभ पु¥याउन लागिएको हो ।’

राष्ट्र बैंकले राम्रो धितो भएमा १५ लाख रुपैउाँ सम्मको पुनकर्जालाई २ प्रतिशत ब्याजदरमा उपलब्ध गराइने र पुनकर्जा अन्तर्गतको सबै ऋणमा ५ प्रतिशत ब्याजदर कायम हुने व्यवस्था गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x