Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

एनआईसी एशिया क्यापिटल लिमिटेड तथा एनआईसी एशिया बैंकमा भएको डिम्याट खाता र मेरो शेयरको नवीकरण शुल्क अनलाइनबाटै बुझाउन सकिने

एनआईसी एशिया क्यापिटल लिमिटेड तथा एनआईसी एशिया बैंकमा भएको डिम्याट खाता र मेरो शेयरको नवीकरण शुल्क अनलाइनबाटै बुझाउन सकिने

काठमाडौं, २६ वैशाख । एनआईसी एशिया क्यापिटल लिमिटेड तथा एनआईसी एशिया बैंक लिमिटेडमा हितग्राही खाता खोलेका ग्राहकले अनलाइन मार्फत डिम्याट खाता र मेरो शेयरको नवीकरण शुल्क बुझाउन सकिने भएका छन् । कोरोनाको प्रकोप, त्यसको रोकथाम तथा नियन्त्रण गर्नको लागि नेपाल सरकारले गरेका लकडाउनलाई दृष्टिगत गर्दै खाताधारकहरुको हितग्राही खाता संचालन तथा मेरो शेयरको वार्षिक नवीकरण शुल्क अनलाईन मार्फत भुक्तानी गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।

उक्त नवीकरण शुल्क ई–सेवा, खल्ती, कनेक्ट आईपीएसका साथै इन्टरनेट बैंकिङ तथा मोबाइल बैंकिङ सर्भिसमार्फत बुझाउन सकिने कम्पनीले बताएको छ । एनआईसी एशिया बैंक लिमिटेडको अनलाइन बैंकिङ्ग तथा मोबाइल बैंकिङ्ग सेवा प्रयोगकर्ताले यस क्यापिटलको नाममा एनआईसी एशिया बैंक लिमिटेडमा रहेको बैंक खाता नं. ५४४४४५१०२५५२४०१७ मा उक्त नवीकरण शुल्क सोझै भुक्तानी गर्न सक्नेछन् । साथै खाताधारकहरुले उक्त नवीकरण शुल्क भुक्तानी गर्दा आफ्नो हितग्राही खाता नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ।

अनलाइन मार्फत नवीकरण शुल्क प्राप्त हुन साथ सम्बन्धित हिग्राहीको हितग्राही खाता तथा मेरो शेयरको नवीकरण तुरन्त गरिने व्यवस्था मिलाइएकाले खाताधारकहरुले उक्त नवीकरण शुल्क घरबाटै भुक्तानी गर्नु कम्पनीले अनुरोध गरेको छ । यस सम्बन्धमा कुनै समस्या परेमा क्यापिटलको टोल फ्रि नं. १६६ ०११ २२२२२ तथा क्यापिटलको मोवाईल नं. ९८५११२२९९४ मा सोझै सम्पर्क गर्न सकिने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x