Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

उद्योग, व्यवसाय खुलाउने सरकारको निर्णय स्वागतयोग्य : परिसंघ

उद्योग, व्यवसाय खुलाउने सरकारको निर्णय स्वागतयोग्य :  परिसंघ

काठमाडौं, २६ वैशाख । लकडाउनलाई जारी राख्दै, यो अवधिमा प्रक्रिया पुर्‍याएर केही उद्योग, व्यवसाय सञ्चालन गर्न दिने सरकारको निर्णयको नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । यसबाट सामान्य रुपमा भए पनि औद्योगिक गतिविधी बढ्न गई अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने विश्वास परिसंघको छ ।
परिसंघले सञ्चालनमा आउने उद्योग व्यवसायहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको अनुसरण गर्न पनि आग्रह गरेको छ । यसैगरी आंशिक खुला गरिएका व्यवसाय सञ्चालनका लागि आवश्यक सवारी आवतजावत तथा हिँड्डुलका लागि अनुमति पत्र अर्थात् पास वितरणलाई थप व्यवस्थित बनाउन पनि परिसंघले सम्बन्धित निकायलाई अपील गरेको छ ।
संक्रमणको जोखिमको आधारमा सम्पूर्ण देश,प्रदेश र स्थानीय तहलाई तीन अलग(अलग क्षेत्र अर्थात् जोनमा बाँडेर थप कडाई र खुला गर्दै लैजाने काम अघि बढाउनुपर्नेमा परिसंघले जोड दिएको छ । रेड, अरेन्ज र ग्रीन जोनमा बाँडेर जोखिमको स्तर निर्धारण गरी संक्रमण नियन्त्रणमा थप काम गर्न सकिने र कम जोखिमका क्षेत्रमा थप खुला गर्दै लैजाँदा स्वास्थ्य र आर्थिक संकटबाट हुने क्षति कम गर्न सकिने भएकाले यसतर्फ कदम चाल्न परिसंघले सरकारसँग आग्रह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x