जेठ २ मा नीति तथा कार्यक्रम पेश हुने
काठमाडौं, २७ बैशाख । संघीय संसद्को बजेट अधिवेशन शुक्रबारदेखि शुरु भएको छ । जेठ १५ भित्र बजेट प्रस्तुत गर्नुपर्ने र त्यसको १५ दिन अघि पूर्व बजेट छलफल सम्पन्न गर्नुपर्ने भएकाले शुक्रबारदेखि संसद् बोलाइएको हो । संक्रमणको जोखिमलाई ख्याल गर्दै सांसद्हरुको पीसीआर परिक्षण पछि संसद् सुचारु गरिएको हो । संसद्मा सांसदहरुलाई दुईओटा कुसी छाडेर बस्ने व्यवस्था मिलाइएको छ ।
आगामी आर्थिक वर्षको बजेट निर्माणलाई सरकारले अन्तिम चरणमा पु¥याएको छ । आगामी आर्थिक वर्षमा आर्थिक क्षेत्रको गतिविधि विस्तारका लागि राहत प्याकेज, कृषि तथा पशुपालन र निर्माणका काममार्फत् व्यापक रोजगारी सिर्जना गर्नेमा सरकारले जोड दिदैं आएको छ ।