Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

लिपुलेकबाट मानसरोबर जोड्ने सडक निर्माणको विरोध

लिपुलेकबाट मानसरोबर जोड्ने सडक निर्माणको विरोध

काठमाडौं, २७ वैशाख । दक्षिणी छिमेकी भारतले नेपाली भूमि लिपुलेकको प्रयोग गरेर तिब्बत मानसरोबर जोड्ने सडक निर्माण गरेपछि यसको व्यापक विरोध भएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले धार्चुलाबाट लिपुलेक हुँदै मानसरोबर जोड्ने सडकको उद्घाटन गरेका छन् ।
नेपालले लिपुलेक, कालापानी क्षेत्र नेपालको भूमि रहेकाले त्यहाँबाट भारतीय सेना हटाउनुपर्ने माग गर्दै आएको छ । कालापानीमा बर्षौंदेखि भारतले नेपाली भूमिमा सैनिक क्याम्प राख्दै आएको छ । नेपालमा महाभूकम्पको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको क्रममा उनी र चिनियाँ राष्ट्रपति सी चिनफिङले लिपुलेक हुँदै भारत र चीन जोड्ने सडक निर्माण गर्ने सहमति गरेका थिए । लिपुलेकको नेपाली भूमिलाई भारतले आफ्नो भूमि दाबी गर्दै भारत र चीन बीचको सीमा दाबी गर्दै आएको छ ।
नेपालले केही महिनाअघि लिपुलेक नेपालको भूमि रहेको नक्सा सार्वजनिक गरिसकेको छ भने भारतसँग यस भूमि नेपालको रहेको ‘कुटनीतिक नोट’ पनि पठाइसकेको छ । तर यो विषयलाई लिएर, नेपाल र भारतबीच वार्ता हुन सकेको छैन ।
गत वर्ष भारतले जम्मु कश्मिरको स्वायत्तता खारेज गरेसँगै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि लिपुलेक, कालापानी सहित समावेश गरेको थियो । भारतले नेपालको ६२ वर्ग किमी क्षेत्रमा सेनाको क्याम्प वर्षौंदेखि राखिरहेको छ ।
यो विषयमा गत वर्ष नोभेम्बर १४ मा चीनियाँ विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा उठेको प्रश्नमा विदेश मन्त्रालयका प्रवक्ता जेङ सुहाङले नेपालले भारतसँग वार्ता गरेर उक्त विषय सल्टाउनुपर्ने बताएका थिए । नेपाल र चीनबीच सीमा सन्धि सन् १९६१ मा अनुमोदन भएको थियो, त्यसयता चीन र नेपालबीच भने सीमा विवाद छैन । तर चीन र भारतले नेपाली भूमि प्रयोग गर्न सहमति गर्नुले भने संशय पैदा भएको छ ।
नेपालले भारतसँगको सीमा विवादको विषय भने संयुक्त राष्ट्र संघमा समेत प्रवेश गराइसकेको छ । नेपाल सरकारले भारतसँग उच्च राजनीतिक तहमा वार्ता गरी सीमा सम्बन्धि सबै समस्या समाधान गर्न चाहेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x