Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

खाद्यान्न तथा पीठोका लागि बाहिरिन्छ वार्षिक रू. ५३ अर्बभन्दा बढी, कृषिमा आत्मनिर्भरतामुखी कार्यक्रमको खाँचो

खाद्यान्न तथा पीठोका लागि बाहिरिन्छ वार्षिक रू. ५३ अर्बभन्दा बढी, कृषिमा आत्मनिर्भरतामुखी कार्यक्रमको खाँचो

काठमाडौं, २७ वैशाख । खाद्यान्नमा आत्मनिर्भर हुने ठोस नीतिको अभाव र लक्षित कार्यक्रमको पनि प्रभावकारी कार्यान्वयन नहुँदा परनिर्भरता बढ्दै गएको छ । जनसंख्याको दुई तिहाइभन्दा बढी जनता कृषिमा निर्भर भए पनि माग र उत्पादनबीच सन्तुलन नहुँदा वर्षेनि अर्बौंको आद्यान्न आयात हुने गरेको सरकारी तथ्यांकले देखाएका छन् ।
व्यापारी निकासी तथा प्रवद्र्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०१८÷१९ मा देशमा रू. ५३ अर्ब ४९ करोड बराबरको खाद्यान्न तथा पीठोको आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०१७÷१८ मा यो ४५ अर्ब ९३ करोडको आयात भएको थियो । यस आधारमा हेर्दा १ वर्षमै खाद्यान्नका लागि ७ अर्ब ५६ करोड बढी रकम बाहिरिएको देखिन्छ । आर्थिक वर्ष २००९÷१० मा यस्तो आयात ४ अर्ब ६२ करोडको मात्र थियो ।
नेपालमा सबैभन्दा बढी खाद्यान्न तथा पीठो भारतबाट आयात हुने गरेको छ । सोही अवधिमा भारतबाट मात्र ५२ अर्ब ३ करोड बराबरको आयात भएको छ । नेपालले खाद्यान्न आयात गर्ने देशहरूमा त्यसपछि क्रमशः जापान, चीन, अर्जेन्टिना र जर्मनी रहेका छन् ।
नेपालले तत्कालै कृषिउपज (विशेषगरी खाद्यान्न) उत्पादनका लागि विशेष रणनीति लिएर अघि बढ्नुपर्ने आवश्यकता झनै बढेको छ । कोरोना संकटका लागि वैदेशिक रोजगारीमा गएका लाखौं नेपालीको रोजिरोटी संकटमा परेको छ । देशमै पनि ठूलो संख्याका मानिस राजगारविहीन भएको सन्दर्भमा अबको विकल्प भनेको कृषि नै हो । तर यसका लागि कृषि उत्पादन, वितरण, बजारीकरण लगायत पक्षहरुमा व्यापक सुधार हुन जरुरी छ ।
रोजगार गुमाएर स्वदेश फर्किन लागेका वा भावी दिनमा फर्किने युवालाई रोजगारी व्यवस्थापन गर्न सरकारलाई अवश्य पनि सजिलो छैन । देशकै विद्यमान आर्थिक व्यावसायिक क्षेत्र नै धराशयी भएको अवस्थामा उनीहरुलाई रोजगारी दिन सक्ने अवस्था छैन । साथै विदेश लगानी समेत प्रभावित हुने हुँदा अबको लामो समय नयाँ रोजगारी सृजनामा चुनौती देखिएको छ । यस्तो अवस्थामा आगामी बजेटमार्फत कृषिमा आधारित रोजगारमुखी कार्यक्रमम ल्याउन आवश्यक देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x