Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

थप १० जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित १२० पुगे

थप १० जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित १२० पुगे

काठमाडौं, २९ वैशाख । थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । कपिलवस्तु यशोधरा गाउँपालिका–५ र बुद्धभूमि गाउँपालिका– ७ र १० का १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोना भाइर संक्रमितको संख्या १२० पुगेको छ ।

यशोधरा गाउँपालिका–५, र बुद्धभूमि नगरपालिका–७ का १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका पुरुष र एक जना उमेर नखुलेका पुरुष रहेको मन्त्रालयले जानकारी दिएको छ । योसँगै कपिलवस्तुमा मात्रै संक्रमितको संख्या १५ पुगेको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।

हालसम्म उदयपुरमा ३२, पर्सामा २५, बाँकेमा २४, कपिलवस्तुमा १५, काठमाडौंमा ५, कैलालीमा ४, रौतहटमा ३ तथा बागलुङ, बारा, चितवन र झापामा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सर्लाही, रुपन्देही र कञ्चनपुरमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x