बजेटको तयारीमा सुदूरपश्चिम प्रदेश सरकार
काठमाडौं, ३१ बैशाख । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७–२०७८ को बजेट निर्माणलाई तीब्र बनाएको छ। कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनकै बीच बजेट निर्माणका लागि सरोकारवालाहरुसँग सुझाव संकलन र मन्त्रालयहरुबीच आन्तरिक छलफल भइरहेको आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले जानकारी दिए ।
कोरोना भाइरसका कारण उतपन्न्न समस्याबाट प्रदेशलाई माथि उकास्ने गरि बजेट ल्याउने उनले जानकारी दिए । निर्माण आयोजनासँगै स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकता दिइने बताइएको छ। बजेटको आकार पनि चालु वर्षको भन्दा केही बढ्ने अनुमान गरिएको छ । झन्डै ३३ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने प्रदेश सरकारको तयारी छ ।
चालु वर्षमा प्रदेश सरकारले २८ अर्ब १६ करोड रुपैयाँको बजेट ल्याएको थियो । चालु तर्फ १२ अर्ब ५७ करोड र पुँजीगत तर्फ १३ अर्ब ८ करोड रुपैयाँ बिनियोजन गरिएको थियो । तर हालसम्म चालु बजेट ३ अर्ब ३३ करोड र पुँजीगत बजेट २ अर्ब ५० करोड रुपैयाँ मात्रै खर्च भएको छ।
केन्द्र सरकारले जेठ १५ र प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्था छ ।