Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लघु, घरेलु तथा साना उद्योगीका समस्याबारे गम्भीर छु : उद्योगमन्त्री भट्ट

लघु, घरेलु तथा साना उद्योगीका समस्याबारे गम्भीर छु : उद्योगमन्त्री भट्ट

काठमाडौं, ३१ वैशाख । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले लघु, घरेलु तथा साना उद्योगीका समस्याबारे आफू गम्भीर रहेको बताएका छन् । आर्थिक विकासको आधारका रूपमा स्थापित साना उद्योगलाई परेको समस्या समाधानका लागि विशेष पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न वस्तुगत संघहरूको संयुक्त प्रतिनिधि मण्डलसँग मंगलवार मन्त्रालयमा भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टले लघु, घरेलु तथा साना उद्योगहरूसँग सिंगो राष्ट्रको हित जोडिएको भन्दै समस्या समाधानमा आपूm दृढ रहेको विश्वास व्यक्त गरे । साथै समाधानका उपाय ल्याउन पनि उनले व्यवसायीलाई आग्रह गरेका छन् ।
‘वर्तमान अवस्थामा साना उद्योग मर्कामा परेका छन्, हामीले पनि महसूस गरेका छांै,’ मन्त्री भट्टले भने, ‘व्यवसायीका सुझावलाई समेटेर के–कस्तो सुविधा दिन सकिन्छ छलफलपछि निर्णय लिन्छौं ।’ मुलुकमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गरिएको लकडाउनका कारण यस्ता उद्योगहरू मर्कामा परेको भन्दै मन्त्री भट्टले आउने बजेटमा पनि सम्बोधन गराउन आप्mनो पहल रहने बताए ।
कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले विदेशबाट आयात हुने वस्तुभन्दा स्वदेशकै उत्पादनहरूको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा मन्त्री भट्टको ध्यानाकर्षण गराए । सरकारी तथा सार्वजनिक संस्थाहरूमा स्वदेशी वस्तुको उपयोगलाई अनिवार्य गरिनुपर्ने उनको भनाइ छ । सरकारले लागू गरेको सार्र्वजनिक निकायमा स्वदेशी वस्तुको उपभोगसम्बन्धी निर्देशिकाको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।
निर्यात व्यापारलाई प्रोत्साहन गर्न सरकारले दिँदै आएको निर्यात सहुलियत बढाएर कम्तीमा १० प्रतिशत हुनुपर्ने उनको माग छ । यस्तै लकडाउनका कारण रोजगारी गुमाएका युवायुवतीलाई निजीक्षेत्रका छाता संस्थामार्फत शीपमूलक तालीम प्रदान गरी स्थानीय स्तरमा पाइने कच्चापदार्थको उपयोगबाट लघु, घरेलु तथा साना उद्योगमार्फत स्वरोजगार बनाउन पहल गर्नुपर्ने पनि अध्यक्ष सिंहको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x