Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

उद्योग व्यवसाय सञ्चालन हुन थालेसँगै बढ्यो विद्युत् खपत

उद्योग व्यवसाय सञ्चालन हुन थालेसँगै बढ्यो विद्युत् खपत

काठमाडौं, ३१ वैशाख । लकडाउन शुरू भएसँगै ह्वात्तै घटेको विद्युत् खपत पछिल्ला दिनहरूमा पुनः बढ्न थालेको छ । सरकारले शर्तसहित उद्योग व्यवसाय सञ्चालन गर्ने निर्णयसँगै उद्योग धन्दा तथा व्यावसायिक गतिविधि बढ्न थालेकाले यसको प्रभाव विद्युत् खपतमा पनि परेको हो । लकडाउनका कारण बन्द उद्योगका साथै बैंक, बीमा लगायत व्यवसाय सञ्चालनमा आउँदा विद्युत् खपत बढेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ ।
नेपालमा उद्योग, कलकारखाना, होटल, व्यापारिक भवन, कार्यालयले धेरै विद्युत् खपत गर्छन् । यद्यपि लकडाउनका कारण ती बन्द हुँदा विद्युत् माग खस्किएको थियो ।
सामान्य अवस्थामा नेपालभर विद्युत् खपत पिकआवरमा १२५० मेगावाटसम्म हुने गरेकोमा लकडाउनयता औसत खपत ५०० मेगावाटमा झरेको प्राधिकरणले बताएको छ । प्राधिकरणका अनुसार पछिल्लो समय लकडाउन खुकुलो बनाइएपछि पिकआवरमा विद्युत् खपत १०२५ मेगावाटसम्म पुगेको छ । प्राधिकरणको भारप्रेषण केन्द्रका अनुसार अहिले दैनिक औसत ६५० मेगावाटसम्म विद्युत् खपत हुन थालेको छ ।
अहिले औद्योगिक क्षेत्रबाट पनि विद्युत्को माग बढ्दै गएको छ प्राधिकरणले बताएको छ । यद्यपि अहिले सुरुचा भएका उद्योगले स्टक कच्चापदार्थ प्रयोग गरेकाले स्टक सकिएमा पुनः विद्युत् माग घट्न सक्ने देखिएको छ । भारतमा पनि लकडाउन जारी रहेकाले भारतबाट ल्याउने कच्चापदार्थमा आधारित उद्योगले उत्पादनलाई निरन्तरता दिन सक्ने अवस्था छैन । त्यसैले लकडाउन पूर्णरूपमा नखुलेसम्म नेपालमा विद्युत्को खपत सन्तुलनमा नआउने प्राधिकरणको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x