नेप्से २ प्रतिशत घटेपछि ३९ मिनेटमै कारोबार बन्द
काठमाडौं, ३१ वैशाख । बुधवार नेप्से परिसुचक ३९ मिनेटमा २ प्रतिशतले घटेर आजको लागि बन्द भएको छ । सो अवधिमा ७४ ओटा कम्पनीको ३६ लाख १३ हजार रुपैयाँको शेयर खरीदविक्री भएको छ । लकडाउनको ५१ दिनपछि खुलेको शेयर बजारको आज दोस्रो दिन हो ।
परिसूचक अघिल्लो दिनको तुलनामा २४ दशमलव ५८ अंकले घटेर १ हजार २०१ दशमलव ५७ बिन्दूमा पुगेको छ ।
सबैभन्दा बढी नेपाल टेलिकमको प्रतिकित्ता ५८७ रुपैयाँमा कारोबार भएको छ ।