सामाजिक न्यायमा आधारित समृद्धिको पक्षमा छौं
- डा. युवराज खतिवडा, अर्थमन्त्री
कोरोना भाइरसको महामारी विश्वको साझा समस्या हो । श्रम गन्तव्यमा वार्ता भइरहेको र परराष्ट्र मन्त्रालयले वार्ता गरिरहेको छ । उहाँहरुको उपचारका लागि बरु सहयोग गर्न तयार छौं । तर अहिले उहाँहरुलाई फर्काउने भन्दा पनि अवस्था सामान्य नहुँदासम्म जो जहाँ छ, त्यही बस्दा राम्रो हुन्छ भन्नेमा हाम्रा मित्र देशहरु पनि सहमत हुनुहुन्छ ।
जेठ १५ को बजेट पूर्ण बजेट हुन्छ । थप केही परिस्थिति भयो भने मात्र पूरक बजेट ल्याउने हो ।
अनिश्चितताबीच आफ्नो कर्म गर्ने हो । बजेटलाई यथार्थपरक बनाउने हो । सामाजिक न्यायमा आधारित समृद्धि सहितको समाजवाद हाम्रो लक्ष्य हो । बजेटको सिद्धान्त र प्राथमिकता परम्परागत भएको होइन, टिप्पणी पनि परम्परागत भयो ।
संसद्को गरिमालाई सम्मान गर्छु । र यहाँहरुबाट पनि पारस्पारिक सम्मानको अपेक्षा गर्छु । के कुरा के मार्फत् ल्याउने भन्नेमा हामीले विचार गर्नुपर्छ । जुरेलीको सम्बन्धमा जुहारी खेल्न चाहान्न । अग्लो मान्छे छु, नुहुँदा पनि राम्रो हुन्छ । को बाँस र को जुरेली भन्नेमा प्रश्न छन् ।
विनियोजन विधेयकको सिद्धान्न र प्राथमिकतामा ह्युमन फेस भएन भन्ने माननीयहरुलाई कृषकमा, श्रमिकमा, युवामा अनुहार हेर्न अनुरोध गर्छु ।
कालापानी, लिपुलेक सर्वदलीय छलफल र सर्वदलीय सहमतिको विषय हो । राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्छ । संसद्पनि त्यो धारणा राख्ने एउटा थलो हो । प्रधानमन्त्रीले यो समस्या समाधानका लागि आह्वान गरिसक्नुभएको छ । सीमा सुरक्षामा खटिने सुरक्षाकर्मीको बसोबास, सुरक्षा र प्रोत्साहनको व्यवस्था बजेटमार्फत् हुनेछ ।
स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममा बहस भएको छ । यसमा हामी विभक्त छौं । संसद्को एकमत धारणा आयो भने सरकारले त्यो पालना गर्छ ।
पुँजीवाद र समाजवादमा सबै मजदुर हुन्छन् । सबै नागरिकले आफ्नो मौलिक अधिकार र क्षमताको प्रयोग गरेर चल्नुपर्ने वैयक्तिक र सम्पत्तिको अधिकार उपभोग गर्ने नागरिकलाई तलबी बनाएर कसरी नियन्त्रण गर्न सकिन्छ र ?
राज्य निर्देशित अर्थ प्रणालीलाई हामीले अनुमति दिदैंन ।
अन्त्यमा, संसद्बाट प्राप्त सुझाव बजेट निर्माणका मार्गदर्शन हुनेछन् । त्यी सुझावलाई बजेट निर्माणमा ध्यान दिनेछु ।
(अर्थमन्त्री खतिवडाबाट संसद्मा सम्बोधनका क्रममा व्यक्त धारणा)