Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

एनएलजी इन्स्योरेन्सको बीमाशुल्क ९ करोडले बढ्यो

एनएलजी इन्स्योरेन्सको बीमाशुल्क ९ करोडले बढ्यो

काठमाडौं, ३१ वैशाख । एनएलजी इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६२ करोड ६५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा ९ करोड ४ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले ५३ करोड ६० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

त्यस्तै कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १५ करोड ७२ लाख ७४ हजार खुद नाफा कमाएको छ । यो नाफा गत वर्ष यहि अवधिको तुलनामा कम्पनीले ३८ लाख ४५ हजार रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले १५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चुक्ता पूँजी ६४ करोड रुपैयाँ भएको कम्पनीको जगेडा कोषमा २७ करोड ७० लाख रुपैयाँ, बीमा कोषमा ८७ करोड ९ लाख रुपैयाँ र महाविपत्ति कोषमा ६ करोड ३० लाख रुपैयाँ सञ्चित रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x