निगमले सम्पूर्ण कर्मचारी र पेट्रोलियम पदार्थको कार्य गर्नेहरुको कोरोना परिक्षण गर्ने
काठमाडौं, ३१ वैशाख । नेपाल आयल निगमले प्राथमिकताका आधारमा निगममा कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोरोना परीक्षण गर्ने भएको छ । निगमले सम्पूर्ण कर्मचारी, पेट्रोलियम पदार्थको कार्य गर्ने कामदारहरु, पेट्रोलियम पदार्थ बोक्ने टेङ्कर तथा ग्याँस बुलेटका चालक, सहचालक, निगमका बिक्रेता, बोटलिंक प्लान्टका कर्मचारीहरुको प्राथमिकताका आधारमा कोरोना परीक्षण गर्न लागेको हो ।
यदि परिक्षणबाट कुनै पनि कर्मचारीको कोरोना संक्रमणको पुष्टि भए निगमले १ लाख रुपैयाँ बराबरको बीमा गरिदिने जनाईको छ ।
त्यस्तै निगमले आज जारी गरेको प्रेस विज्ञप्तिमा कोरोनाको जोखिमलाई ध्यनमा राखी सरकारी तथा सहकारी क्षेत्रबाट संचालन भएका बिक्रेता बाहेक अन्य बिक्रेतालाई बार अनुसार जिल्ला निर्धारण गरी हप्तामा एक पटक पेट्रोलियम पदार्थको आपूर्ति ब्यवस्था गरिने पनि जनाएको छ ।
त्यसैगरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा टेङ्करका चालक र सहचालकलाई मानव बस्तिभन्दा टाढा सार्वजनिक खुल्ला स्थानमा राख्ने प्रवन्ध मिलाउँने पनि विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा निगमका सम्पूण कायालयहरुमा किटाणुनाशक टनेल तथा गेट बनाइ प्रयोग गर्ने पनि उल्लेख गरिएको छ ।