Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बाहिरी जिल्ला वा विदेशबाट फर्किएकालाई लमनपा वडा नं. ६ मा प्रवेश निषेध

बाहिरी जिल्ला वा विदेशबाट फर्किएकालाई लमनपा वडा नं. ६ मा प्रवेश निषेध

काठमाडौं, १ जेठ । ललितपुर महानगरपालिका (लमनपा)वडा नं. ६ ले लकडाउनको समयमा बाहिरी जिल्ला वा विदेशबाट फर्किएर आएका व्यक्तिहरुलाई प्रवेश निषेध गरेको छ । उक्त वडाले आज एक सूचना जारी गर्र्दै यस वडामा कोठा बहाल लिई बस्ने तर लकडाउनको समयमा बाहिरी जिल्ला वा विदेशबाट फर्किएको भए उनीहरुलाई अर्काे सूचना जारी नभएसम्मका लागि प्रवेश निषेध गरेको हो ।

त्यस्तै उक्त निर्णय घरधनीहरुले आफ्ना भाडावालहरु विभिन्न कारणले घर गएको अवस्थामा तत्काल फोनमार्फत सम्पर्क गरी आफ्नो घरमा प्रवेश नदिने जानकारी गराउँनु पर्नेछ । यदि घरधनीहरुले सूचना लुकाई प्रवेश दिएको अवस्थामा वडाले त्यस घरलाई शिल गर्नेछ । यो नियम उल्लंघन गरेमा क्वारेन्टाईनमा लाग्ने सम्पूर्ण खर्च घरधनीले ब्यहोर्नु पर्नेछ भने संक्रमित प्रमाणित भएको अवस्थामा घरधनीले नै क्षतिपूर्ति ब्यवस्था गर्नुपर्ने बताइएको छ ।

त्यसैगरी यस वडा भित्रका सबै टल सुधार समिति, संघ संस्थालहरुलाई आ आफ्नो टोल भित्र बाहिरी मानिसहरुको आवत जावत रोक्न निर्देशन दिईको छ भने टोलभित्र फलपूmल, तरकारी तथा अन्य खाद्य पसलहरुलाई पनि तोकिएको समयमा मात्र सामाजिक दुरी कायम गरी सञ्चालन गर्न आग्रह गरिएको छ । त्यस्तै अझै संक्रमितको संख्या बढ्दै गएमा वा आवश्यक परेको खण्डमा आ आफ्नो टोलहरुलाई शिल गर्न अनुरोध गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x