Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनआईसी एशिया बैंकले जेठ महिनाको ब्याजमा पनि १० प्रतिशत छुट दिने

एनआईसी एशिया बैंकले जेठ महिनाको ब्याजमा पनि १० प्रतिशत छुट दिने

काठमाडौं, १ जेठ । एनआईसी एशिया बैंकले जेठ महिनामा पनि कर्जाको ब्याजको १० प्रतिशत छुट दिने भएको छ । कोरोना भाइरसको महामारीबाट ऋणीहरुलाई परेको असरको मूल्यांकन गर्दै जेठ महिनाका लागि समेत १० प्रतिशत छुटको योजना लागु गरेको बैंकले जनाएको छ ।

त्यस्तै, नेपाल राष्ट्र बैंक कोरोनाले उद्योग, व्यवसायमा परेको प्रभाव न्यूनिकरणका लागि चैत्र मसान्तसम्म कायम ब्याज दरमा २ प्रतिशत सहुलियत दिन गरेको निर्देशन पनि कार्यान्वयन गरेको जनाएको छ। यसका साथै २ प्रतिशत ब्याज सहुलियतको अलावा ऋणीहरुले वैशाख महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूण किस्ता÷ब्याज रकम वैशाख मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट दिने बैंकले जनाएको छ।

यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जा सहित बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागु हुने विज्ञप्तीमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x