Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

चीनले एपीआईको मूल्य २ सय प्रतिशतसम्म बढायो

चीनले एपीआईको मूल्य २ सय प्रतिशतसम्म बढायो

काठमाडौं, १ जेठ । थेग्नै नसक्ने गरी औषधिको कच्चा पदार्थ (एपीआई)को माग बढ्न थालेपछि चीनले २ सय प्रतिशतसम्म मूल्य बढाएको छ । संसारभर एपीआई निर्यात गर्दै आएको चीनले माग ह्वात्तै बढेसँगै त्यही मौकामा मूल्य वृद्धि गरेको हो ।

हरेक औषधि बनाउन प्रयोग एपीआईको प्रयोग हुन्छ । एपीआईको प्रयोग बिना औषधि बनाउन सकिँदैन । जुनसुकै औषधिको कच्चा पदार्थ एपीआई यसको खपतमा पछि वृद्धि भएको जनाइएको छ । नेपाली औषधि उत्पादकका अनुसार केही महिना अघिसम्म प्रतिकेजी २ डलरमा पाउने एपीआईलाई अहिल ८ डलसम्म बेच्न थालिएको छ । २ डलरमा पाउने कच्चा पदार्थलाई ८ डलर तिरेर ल्याउँदा औषधिको उत्पादन लागत दोब्बर हुने व्यवसायीहरु बताउँछन् ।

चीनले एपीआईको मूल्य ह्वात्तै बढाएकाले नेपालका औषधि उत्पादक कम्पनीहरु संकटमा परेका छन् । नेपाल ४५ प्रतिशत औषधिमा आत्मनिर्भर भइसकेको छ । अझै पनि ५५ प्रतिशत औषधि आयात गर्नुपर्ने बाध्यता छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x