Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सिमेन्ट उद्योगलाई कच्चापदार्थ अभाव, ३० प्रतिशतसम्म उत्पादन कटौती

सिमेन्ट उद्योगलाई कच्चापदार्थ अभाव, ३० प्रतिशतसम्म उत्पादन कटौती

काठमाडौं, १ जेठ । सरकारले शर्तसहित उद्योगधन्दा तथा व्यवसाय चलाउन दिने निर्णयपछि उद्योग खुल्ने क्रम बढेको छ । तर यसबीच, सिमेन्ट उद्योगहरूले पनि कच्चापदार्थको अभाव खेपेका छन् । लकडाउनका कारण भारतबाट क्लिंकर लगायत कच्चापदार्थको आयात प्रभावित भएपछि पूर्वी तराईका अधिकांश सिमेन्ट उद्योग बन्द हुन थालेका छन् ।
सञ्चालित उद्योगहरूले पनि उत्पादन ३० प्रतिशतसमम कटौती गरेका छन् । नेपालका क्लिंकर उद्योगका खानी बन्द हुनु र लकडाउनका कारण भारतबाट क्लिंकरको आयात घट्दा कच्चापदार्थ कमी भएकाले आफूहरू समस्यामा उद्योगीहरूले बताएका छन् । नेपालका क्लिंकर उद्योगबाट ढुवानी गर्दाभन्दा भारतबाट क्लिंकर मगाउँदा पूर्वका उद्योगलाई सस्तो पर्ने भएकाले आफहरूले भारतीय क्लिंकर नै प्रयोग गरिरहेको सिमेन्ट उद्योगीहरूको भनाइ छ ।
सरकारले उद्योग सञ्चालन गर्ने वातावरण नबनाएसम्म उद्योगहरू सन्तुलित रूपमा चल्न नसक्ने व्यवसायीले बताएका छन् । भारतबाट आउने क्लिंकरको मूल्य बढेको र नेपालका उद्योगबाट मगाउँदा ढुवानी भाडा बढी पर्न थालेकाले सरकारले बजेटमा सिमेन्ट उद्योगका लागि राहत हुने कार्यक्रम नल्याए असारपछि सिमेन्टको मूल्य बढ्ने उद्योगीहरूले बताएका छन् ।
उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष तथा अन्नपूर्ण सिमेन्टका सञ्चालक राजेन्द्र राउतका अनुसार भारतको आसाम र मेघालयबाट आउने कोइराला र जिप्सम पानीटंकी नाका भारतले बन्द गरिदिएपछि क्लिङ्कर आयात ठप्प भएको छ । पश्चिम नेपालमा रहेका क्लिंकर उद्योगबाट क्लिंकर मगाउँदा अहिले लकडाउनका कारण समयमा उद्योगमा आई नपुग्ने र ढुवानी भाडा पनि महँगो पर्ने उनको भनाइ छ । सोही कारण सिमेन्टको उत्पादन ३० देखि ४० प्रतिशतमा झारिएको उनले बताए ।
भारतको मध्यप्रदेशबाट आउने क्लिंकर पनि भारतमा लकडाउनका कारण थोरै मात्रामा मात्रै आइरहेको व्यवसायीले बताएका छन् । झण्डै २ महीनादेखिको लगातारको लकडाउनका कारण नेपालमा क्लिंकरको उत्पादन नहुनु र भारतबाट आयात पनि प्रभावित हुनुले आगामी वर्ष नेपालमा सिमेन्टको अभाव हुन सक्ने चेतावनी सम्बद्ध व्यवसायीको छ ।
नेपालभरि ६३ सिमेन्ट उद्योग छन् । यसमा करीब ४ खर्बको लगानी रहेको अनुमान गरिएको छ । २१ ओटा सिमेन्ट उद्योगका आफ्नै चुनढुंगाको खानी छ भने बाँकी ४२ ओटा सिमेन्ट उद्योगले नेपाल र भारतबाट क्लिंकर ल्याएर उद्योग सञ्चालन गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x