नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुग्यो
काठमाडौं, २ जेठ । पछिल्लो विवरण अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगंजमा गरिएको परिक्षणमा ९ जनामा संक्रमण देखिएपछि संक्रमितको संख्या २५८ पुगेको हो । जसमा निको भएर ३५ जना घर फर्किएका छन् ।
आज कोेरोना संक्रमण पुष्टि भएका मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके, नैनापुर १, ३ र ५ निवासी १८, २०, २५, २५, २७, ३२ र ३६ वर्षिय पुरुषहरु रहेका छन् । उनीहहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
त्यस्तै हालसम्म २२ हजार ६७३ जनाको पीसीआर परिक्षण गरिएको छ भने ६२ हजार ३२७ जनाको आरडीटी परिक्षण गरिएको छ ।