Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अधिकांश वाणिज्य बैंकहरुको नाफा खुम्चियो

अधिकांश वाणिज्य बैंकहरुको नाफा खुम्चियो

काठमाडौं, २ जेठ । कोरोना भाइरस महामारीका कारण साँवा तथा ब्याज असुलीमा कमी आएपछि वाणिज्य बैंकहरुको नाफा घटेको छ । केही बैंकलाई अपवाद मान्ने हो भने चैत मसान्तमा अधिकांशको नाफा घटेको छ । राष्ट्र बैंकले चैत महिनामै नियमित ऋणको साँवा ब्याज भुक्तान गर्नेलाई १० प्रतिशतसम्म छुट दिएको थियो । नगद प्रवाह नहुनेले आर्थिक वर्षको अन्त्यमा अर्थान् असार मसान्तमा ऋणको साँवा ब्याज तिर्दा हुने व्यवस्था गरिएको छ । असार मसान्तमा ब्याजमा २ प्रतिशत छुट दिने राष्ट्र बैंकको निर्णय छ । बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले भने चैतमा नियमित असुली हुनुपर्ने साँवाब्याजको ३५ प्रतिशतमात्र असुली भएको बताएका छन् ।

गत वर्ष चैत महिनाको तुलनामा नाफा बढाउने बैंकहरु मर्जर, खराब कर्जा असुली जस्ता कारणले नाफा आर्जन गर्न सफल भएका हुन् । दोस्रो त्रैमाससम्म नाफामा राम्रो बढोत्तरी गर्ने बैंकहरुको चैत महिनाको वासलात गत वर्षको चैत मसान्तको भन्दा राम्रो देखिन्छ ।
गत वर्ष चैतभन्दा बढी नाफा गर्नेमा ग्लोबल आइएमइ बैंक , प्राइम, एनएमबी, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा , प्रभु, मेगा, एनसीसी, सिटीजन्स, लक्ष्मी, कुमारी र सेञ्चुरी छन् ।


चैत महिनामा कुन बैंकको कति नाफा (गत वर्ष चैतभन्दा कति घट्यो/बढ्यो)
नबिल बैंक – ३ अर्ब १५ करोड (३२ करोड घट्यो)
राष्ट्रिय वाणिज्य बैंक– ३ अर्ब ३ करोड (४६ करोड घट्यो)
ग्लोबल आइएमई बैंक– २ अर्ब ७० करोड (८३ करोड बढ्यो)

एनआइसी एसिया बैंक– २ अर्ब १ करोड (२६ करोड घट्यो)
एनआइबीएल– १ अर्ब ६६ करोड (८९ करोड ९५ लाख घट्यो)
एभरेष्ट बैंक– १ अर्ब ५० करोड (७० करोड ६२ लाख घट्यो)

हिमालायन बैंक– १ अर्ब ७४ करोड (२७ करोड घट्यो)
कृषि विकास– २ अर्ब ४ करोड (१७ करोड घट्यो)
प्राइम– २ अर्ब ३ करोड (४८ करोड बढ्यो)
नेपाल बैंक– १ अर्ब ९९ करोड (२४ करोड ८९ लाख घट्यो)
एनएमबी – १ अर्ब ८८ करोड (२३ करोड बढ्यो)
स्ट्याण्डर्ड चार्टर्ड –१ अर्ब ८० करोड (६ करोड ८१ लख बढ्यो)
सानिमा –१ अर्ब ६१ करोड (४ करोड ३३ लाख बढ्यो)
प्रभु – १ अर्ब ४६ करोड (१ करोड १९ लाख बढ्यो)
मेगा –१ अर्ब ४५ करोड (२३ करोड बढ्यो)
एसबीआइ–१ अर्ब ४३ करोड (१६ करोड घट्यो)
सिद्धार्थ– १ अर्ब ३३ करोड (२५ करोड घट्यो)
माछापुछ्रे– १ अर्ब १६ करोड ६८ लाख (७ करोड घट्यो)
एनसीसी– १ अर्ब १६ करोड ५८ लाख (१ करोड ८६ लाख बढ्यो)
सिटीजन्स – १ अर्ब ९ करोड (२ करोड बढ्यो)
लक्ष्मी– १ अर्ब ८ करोड (६ करोड बढ्यो)
कुमारी– १ अर्ब १ करोड (९४ लाख बढ्यो)
एनबी– १ अर्ब (१३ करोड घट्यो)
सनराइज – ९३ करोड (२९ करोड घट्यो)
सेञ्चुरी – ९१ करोड (३० करोड बढ्यो)
बीओके – ८७ करोड (३३करोड घट्यो)
सिभिल – ३६ करोड (१३ करोड घट्यो)

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x