Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

दुई दिनको शेयर कारोबार रद्द गर्न माग

दुई दिनको शेयर कारोबार रद्द गर्न माग

काठमाडौं, १ जेठ । चार लगानीकर्ता संघहरुले लकडाउनको समयमा खुलेको शेयर बजारमा भएको गत दुई दिनको शेयर कारोबार रद्द गर्न माग गरेका छन् । गत मंगलबार र बुधबार भएको शेयर कारोबारमा लगानीकर्ताहरूको न्यून सहभागिता भएको भन्दै नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपाल, शेयर लगानीकर्ता दवाव समूह र नेपाल पूँजीबजार संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त शेयर कारोवारलाई रद्द गर्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा वहुसंख्यक लगानीकर्ताहरूको व्यक्तिगत सम्पत्तिको सुरक्षा गर्ने कार्यमा सहयोग गर्न नेपाल धितोपत्र बोर्डलाई अनुरोध गरिएको छ ।

आगामी दिनमा कारोवार संचालन गर्दा कोरोना भाईरसको प्रभाव अन्त्य नभएसम्मको लागि उपयुक्त विकल्पको खोजी गरी र पूर्ण स्वचालित प्रविधिलाई प्राथमिकतामा राखी कारोवार गराउन पनि उक्त विज्ञप्तिमार्फत आग्रह गरेका छन्।

हाल संचालनमा रहेको अनलाईन प्रणालीमा व्यापक सुधार गरी सबै लगानीकर्ताहरूले उक्त प्रणालीमा सहभागी हुन सक्ने लगानी मैत्री वातावरण सिर्जना गर्न उनीहरूले माग गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x