Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ जनाको आरडीटी परिक्षण

पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ जनाको आरडीटी परिक्षण

काठमाडौं, १ जेठ । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै जाँदा स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा २ हजार ८ जनाको आरडीटी परिक्षण गरेको छ । कोभिड–१९को नियमित विवरण सार्वजनिक गर्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा २ हजार ८ जनाको आरडीटी परिक्षण गरिएको जानकारी दिए । हालसम्म आरडीटीद्वार परिक्षण गर्नेको संख्या ६२ हाजर ३२७ पुगेको छ ।

त्यस्तै प्रदेशगत रुपमा हेर्दा हालसम्म प्रदेश नं. १ मा ८ हजार ६७३, प्रदेश नं. २ मा ५ हजार ९७४, बागमति प्रदेशमा ९ हजार ८६१ र गण्डकी प्रदेशमा ६ हजार ७१६ जनाको आरडीटी परिक्षण गरिएको छ । त्यसैगरी प्रदेश नं. ५ मा ७ हजार ९ ११, कर्णाली प्रदेशमा ७ हजार ३०७ र सूदुरपश्चिम प्रदेशमा १५ हजार ८९५ जनाको आरडीटी परिक्षण गरिएको प्रवक्ता देवकोटाले जनाकारी दिए ।
आज ३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएसँगै हालसम्म कोभिड–१९ संक्रमितको संख्या २४६ पुगेको छ । जसमध्ये ३५ जना निको भएर घर फर्किएका छन् । २७२ जनालाई आईसोलेसन वार्डमा राखिएको प्रवक्ता देवकोटाले जनाकारी दिए । आईसोलेसनमा कोरोना संक्रमित र सम्भावितलाई राख्ने गरिन्छ ।

त्यस्तै हालसम्म १५ हजार ६ सय जना क्वारेन्टईनमा राखिएको छ भने क्वारेन्टाईन बेड ५३ हजार ८३५ रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x