Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

जनतामा जनचेतनाको अभावका कारण कोरोना रोकथाममा चुनौति: प्रधानमन्त्री ओली

जनतामा जनचेतनाको अभावका कारण कोरोना रोकथाममा चुनौति: प्रधानमन्त्री ओली

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा जनचेतनाको अभावका कारण कोरान भाइरस (कोभिड-१९)बाट ठूलो क्षति हुने सम्भावना बढेको बताएका छन् । सरकारले नेपाललाई कोरोडा मुक्त देश बनाउँने लक्ष्यका साथ काम गर्न जोखेको भएपनि बाहिरबाट नेपाल प्रवेश गर्नेलाई नियन्त्रण गर्न नसक्दा कोरोनाले भयावह निम्तन सक्ने सम्भावना बढेको प्रधानमन्त्री ओलीको भनाई छ ।

मंगलबार संघीय संसद्को बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले जनतामा जनचेतना प्रयाप्त मात्रामा हुन नसक्दा कोरोनाको सिकार नेपाल बन्न सक्ने बताए । उनले भने – “हामीले बाहिरबाट आउँने क्रम रोक्न सकिएन । जनचेतकाको कमीले गर्दा कोरोना भयावह अवस्थामा जाने हो कि भन्ने खतरा बढेको छ ।”

नेपालमा हाल कोरोना संक्रमितको संख्या ३७५ छ भने जसमा ३६ जना निको भएर घर फर्किएका छन् । त्यस्तै यो रोगबाट २ जनाको मृत्यु भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x