Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

कृषि क्षेत्रको पुनःसंरचना गर्ने अवसर आएको छ: कृषिमन्त्री भुसाल

कृषि क्षेत्रको पुनःसंरचना गर्ने अवसर आएको छ: कृषिमन्त्री भुसाल

काठमाडौं, ७ जेठ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा क्रान्ति गर्ने उपयुक्त समय आएको बताएका छन् । बुधवार राष्ट्रिय सभा बैठकको बिउबिजन ऐनलाई संशोधन गर्न बनेको विधेकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले कृषि क्षेत्रलाई पुनःसंरचना गर्ने उपयुक्त अवसर आएको बताएका हुन् ।

संविधान जारी भएपछि समाजवाद उन्मुख र संघीय व्यवस्था अनुसार कृषिको पुनःसंरचना गर्ने दायित्व बढेको मन्त्री भुसालले बताए । उनले भने ‘समाजवाद उन्मुख र संघीय व्यवस्था अनुसार कृषिको पुनःसंरचना गर्ने हामीसँग एउटा अवसरका साथै दायित्व पनि छ । यस हिसाबले नै हाम्रा ऐन कानूनहरूलाई निर्देशित गर्नुपर्नेछ ।’ यसै अनुसार बीउ बालीको संरक्षण गर्न कानूनमा के कुरा उल्लेख हुनुपर्छ भन्ने हिसाबले नै संघलाई जानकारी गराएर प्रदेशहरूले पनि रजिष्टे«शन गर्न सक्ने व्यवस्था गरिएको मन्त्री भुसालको भनाइ छ ।

त्यस्तै उनले पहिले भएको विश्व व्यवस्था अनुसार राजाको पालामा त्यस्तै किसिमको कृषि व्यवस्था बनेकोले त्यसलाई सुधारको काम भइरहेको जानकारी दिए । उनले भने, ‘हिजो एउटा व्यवस्था थियो र त्यही अनुसार राजाको पालामा पनि कृषि सम्वन्धी कानूनी व्यवस्था गरियो ।’

त्यसैगरी मन्त्री भुसालले कृषिका धेरै चिजलाई बजारलाई जिम्मा लगाइदिएकोले अहिलेको कृषि व्यवस्था धेरै नराम्रोसँग खलबलिएको र अब यो क्षेत्रमा क्रान्ति गर्ने एउटा अवसर आएको धारणा व्यक्त गरे । आगामी दिनमा रौथाने बीउको संरक्षणमा सरकार लाग्ने पनि उनले जानकारी दिए । कृषिका सन्दर्भमा बीउ सबैभन्दा महत्वपूर्ण भएकोले कृषिको सुरक्षा र कृषिको विकास भनेको बीउको संरक्षण र बीउको सुरक्षा रहेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x