Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

लकडाउनयता ३ अर्बभन्दा बढीको औषधि आयात, तरकारी र खाद्यान्नको आयात बढ्यो

लकडाउनयता ३ अर्बभन्दा बढीको औषधि आयात, तरकारी र खाद्यान्नको आयात बढ्यो

काठमाडौं, ७ जेठ । लकडाउन शुरू भएयता मुलुकमा रू. २ अर्ब ७१ करोड ६ लाख ६७ हजार बराबरको तयारी औषधि र रू. ६१ करोड ४९ लाख ९५ हजार बराबरको औषधिको कच्चा पदार्थ आयात भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधवार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार १ लाख ८३ हजार ९२३ मेट्रिक टन खाद्यान्न, ५१ हजार ८३२ मेट्रिक टन दलहन, ६९ हजार २५५ मेट्रिक टन तरकारी, २५ हजार ९८१ मेट्रिक टन फलफूल र १२ हजार ५७ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको छ ।
बन्दाबन्दीपछि खाद्य पदार्थ आयातमा वृद्धि भएको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार अनुसार पहिलो हप्ताको तुलनामा आठौं हप्तामा खाद्यान्न आयातमा ८२ दशमलव ६ प्रतिशत तथा दलहन र गेडागुडी आयातमा १२१ दशमलव १ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी तरकारी र फलफूलको आयात क्रमशः ९ दशमलव ६ र ३०५ प्रतिशत वृद्धि भएको छ । यही अवधिमा दुग्धजन्य पदार्थ आयातमा १३२ दशमलव ९, औषधिको कच्चापदार्थमा १९८ दशमलव ३ र तयारी औषधिमा ५७ दशमलव १ प्रतिशतले वृद्धि भएको छ ।

लकडाउन भएपछिको हाल विद्यमान आठौं सातामध्ये खाद्यान्न पाँचौं साता, दलहन तथा गेडागुडी, फलफूल र तयारी औषधि छैटौं साता र औषधिको कच्चा पदार्थ सातौं सातामा सबैभन्दा बढी आयात भएको तथ्यांकमा उल्लेख गरिएको छ । यसैगरी तरकारी तथा दुग्धजन्य पदार्थ चौथो सातामा सबैभन्दा बढी आयात भएको थियो । रसुवागढी नाकाबाहेक सबै सीमानाकाबाट सामान आयात भइरहेको मन्त्रालयले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x