Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नेपालको नयाँ नक्सा सार्वजनिक

लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नेपालको नयाँ नक्सा सार्वजनिक

काठमाडौं, ७ जेठ । नेपालको राजनितिक तथा प्रशासनिक नयाँ नक्सा सार्वजनिक भएको छ । बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक गरेकी हुन् ।

उनले छिटै यो नक्सा नेपाल सरकारका सम्पूर्ण वेव साइटमा पनि राखिने जानकारी दिईन् । त्यस्तै अब जुनसुकै निकायले यही नक्सा प्रयोग गर्नुपर्ने उनको भनाई छ ।

भारतले मानसरोबर जाने सडक कालापानी क्षेत्रमा बनाएर उद्घाटन गरेपछि जनस्तरबाटनेपाल सरकारलाई लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नेपालको नयाँ नक्सा सार्वजनिक गर्न दवाव आएको थियो । त्यसै अनुरुम गत सोमबारको मन्त्रीपरिसद्को बैंठकले ती क्षेत्र समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x