Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपालमा कोरोना संक्रमितको संख्या ४२७

नेपालमा कोरोना संक्रमितको  संख्या ४२७

काठमाडौं, ७ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ४२७ पुगेको छ । आज थप २५ जनामा कोभिड-१९ पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ४२७ पुगेको हो । जसमध्ये निको भएर घर फर्कनेको संख्या ४५ पुगेको छ भने २ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमित हुनेमा ३५८ जना पुरुष र ६९ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोना पुष्टि प्रदेश नं. १ मा ५९ जना, प्रदेश नं. २ मा १३६ जना, बागमति प्रदेशमा २६ जना, गण्डकी प्रदेशमा ४ जना, प्रदेश नं. ५ मा १९६ जना कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा ५ जनामा भएको हो ।

त्यसैगरी रेड जोनमा १५ जना रहेका छन् भने ३८ जना कोरोना सम्भावित हुन सक्ने आकलन मन्त्रालयले गरेको छ । हालसम्म पीसीआर प्रणालीबाट ३५ हजारर ४९४ को परिक्षण गरिएको छ भने आरडीटी प्रणालीबाट ७५ हजार ७२ को परिक्षण गरिएको जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x