Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

राष्ट्र बैंकको सात विभागको नाम परिवर्तन

राष्ट्र बैंकको सात विभागको नाम परिवर्तन

काठमाडौं, ७ जेठ । नेपाल राष्ट्र बैंकले सात वटा विभाग तथा कार्यालयको नाम परिवर्तन गरेको छ । आागमी साउन १ गतेदेखि लागू हुने गरी गभर्नरस्तरीय निर्णयबाट नाम परिवर्तन गर्ने निर्णय गरिएको हो ।

उक्त निर्णय अनुसार अव सामान्य सेवा विभागको नाम सम्पत्ति तथा सेवा ब्यवस्थापन विभाग रहने छ । अनुसन्धान विभागको नाम आर्थिक अनुसन्धान विभाग रहने छ भने सूचना प्रविधि विभाग महाशाखामा परिणत हुने छ ।

उपत्यका बाहिरका कार्यालयहरुको नाम प्रदेशस्थित कार्यालयमा रूपान्तरण गरिने छ । त्स्तै, लघुवित्त प्रवर्द्धन तथा सुपरिवेक्षण विभागको लघुवित्त संस्था सुपरिवेक्षण विभाग, संस्थागत योजना विभागको नाम संस्थागत योजना तथा जोखिम ब्यवस्थापन विभाग र बैंकिङ कार्यालयलाई बैंकिङ विभाग भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x