Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

सन् १९९० पछि मानव विकासमा गम्भीर धक्का

सन् १९९० पछि मानव विकासमा गम्भीर धक्का

कठमाडौं, ८ जेठ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमले कोभिड–१९का कारण पछिल्लो तीन दशमा मानव विकासमा भएको प्रगतिमा गम्भीर धक्का लाग्ने बताएको छ । औसत आयु , शिक्षा, स्वास्थ्य तथा आयका आधारमा गरिने मापन मानव विकासको मापन गर्न थाले यतादेखिनै कमजोर रहने बताइएको छ ।

संयुक्त राष्ट्र संघले १९९० देखि राष्ट्रसंघीय विकास कार्यक्रममार्फत विश्वका सबै सदस्य देशहरुको मानव विकास प्रतिजेदन तयार पार्दै आएके छ । संयुक्त राष्ट्र सघीय विकास कार्यक्रमले शिक्षा, स्वास्थ्य तथा आयआर्जनका लागि समतामूलक विकासको ढाँचा कार्यान्वयनमा ल्याउने बताएके छ ।
विकासशील देशमा मानव विकासमा अझै ठूलो अवरोहले सामाजिक र आर्थिक असरहरु देखिने आँकलन गरिएको छ ।

न्यून आय भएका नेपालजस्ता मुलुकले भने समतामूलक नीतिका आधारमा सबैलाई पठनपाठन, स्वास्थ्य सुविधा र आयआर्जनका अवसर दिनुपर्ने उल्लेख छ । अहिलेको अवस्थामा शिक्षा, स्वास्थ्य तथा घरबाट काम गर्न पनि इन्टरनेट अत्यावश्यक भएको भन्दै यूएनडीपीले इन्टरनेको पहुँच सुपथ मूल्यमा सबैमाझ स्थापित गर्नुपर्नेमा जोड दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x