स्वास्थ्य पूर्वाधारका लागि १२ अर्ब ४६ करोड बजेट बिनियोजन
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षका स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्ब ४६ करोड बजेट विनियोजना गरेको छ।
त्यस्तै, कोरोनाको रोकथाम तथा नियत्रणका लागि ६ अर्ब रुपैयाँ बजेट बिनियोजना गरेको छ। परीक्षणको दायरा बढाउने, क्वारेन्टिन विस्तार गरिने जनाइएको छ।
स्वास्थ्य बीमाका लागि ७ अर्ब ५० करोड बिनियोजन, महिलाहरुका लागि निशूल्क स्वास्थ्य परीक्षण गरिने बजेटमा उल्लेख छ ।
स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड बिनियोजन गरिएको छ।