कोरोना प्रभावित उद्योगलाई ५ प्रतिशत ब्याजदरमा कर्जाको व्यवस्था
काठमाडौं, १५ जेठ । सरकारले कृषि, घरेलु साना मझौला उत्पादनमूलक, होटल तथा पर्यटन क्षेत्रका लागि ५ प्रतिशतसम्म ब्याजमा ऋण दिन १ खर्बको पुनर्कर्जा कोष स्थापना गरेको छ।
त्यस्तै, घरेलु, साना तथा मझौला उद्योग, कोरोना प्रभावित पर्यटन लगायत उद्योगका कर्मचारीलाई पारिश्रमिक दिन ५ प्रतिशत ब्याजमा रकम दिन ५० अर्बको कोष स्थापना गरिने भएको छ। सरकारले आगामी आर्थिक वर्ष २०७७–०७८ को बजेट मार्फत यस्तो व्यवस्था गरेको हो ।
वायुसेवा कम्पनीले तिर्नुपर्ने पार्किङ शुल्क, उडान दस्तुर आदिमा छुट दिइएको छ।