धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सीडिएस एण्ड क्लियरिङ लिमिटेडको संरचनात्मक सुधार गरिने
काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्षमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको संरचनात्मक सुधार गरिने भएको छ । आगामी वर्ष पूँजी बजारको दायर विस्तार गरी ऋणपत्रको दोस्रो बजार कारोबार सुरु गरिने अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए । स्टक बजारलाई पूर्ण रुपमा विद्युतीय कारोबारमा आधारीत गरीने छ ।
त्यस्तै लगानीलाई आकर्षित गर्न संरचनात्मक सुधार गनुका साथै बाह्य पूजी हस्तान्तरणमा गरिने छ । निजी लगानीलाई आकर्षण गर्न ल्याइएको एकल बिन्दुकेन्द्रलाई स्वचालित बनाई लागानी कर्तालाई सहज र गुणस्तरीय सेवा प्रदान गरिने छ ।
पुँजीबजारको सुधारको लागि विद्यमान कानुनमा सुधार गरिने छ । निजी लगानी प्रवर्दन गरिने छ ।