बजेट आत्मनिर्भर अर्थतन्त्र बनाउन सहयोगी : अर्थमन्त्री
काठमाडौं, १८ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७÷७८ को राजस्व तथा खर्चको विवरण (बजेट)ले आत्मनिर्भर अर्थतन्त्र बनाउन मद्दत पुर्याउने बताएका छन् । आइतवार बजेटबारे संघीय संसद्मा आयोजित आव २०७७÷७८ बजेटबारे सैद्धान्तिक छलफलमा उनले आगामी बजेटले स्वास्थ्य पूर्वाधार र लकडाउनका कारण अर्थतन्त्रलाई पारेको असरलाई पुनरुद्धार गर्न मद्दत पुर्याउने बताएका हुन् ।